नेपाली सेनाका रथी श्रेष्ठ यूएन शान्ति मिसनको फोर्स कमान्डर नियुक्त

श्रेष्ठले वीरेन्द्र सैनिक अस्पतालमा प्रशासनिक रजिस्ट्रार, जंगीअड्डामा नीति तथा योजना निर्देशनालय प्रमुख र १६ र ९ नम्बर बाहिनीको कमान्डरका रूपमा काम गरिसकेका छन् ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Nepal Army Lieutenant General Shrestha appointed as Force Commander of UN Peacekeeping Mission

काठमाडौँ —  नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत अबेईमा खटिएको टोलीको फोर्स कमान्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले उनलाई नयाँ फोर्स कमान्डर नियुक्त गरेका हुन् ।

यसअघि यो जिम्मेवारीमा घानाका मेजर जनरल रोबर्ट याब अफ्रामले सम्हाल्दै आएका थिए ।

श्रेष्ठ २ कात्तिक २०८२ मा रथीमा बढुवा भएका थिए । ३६ वर्ष सैनिक पेसामा बिताएका उनले यसअघि दक्षिण सुडानमा अनमिस मिसनमा सेक्टर इस्ट कमान्डरका रूपमा समेत काम गरेका छन् ।

श्रेष्ठले वीरेन्द्र सैनिक अस्पतालमा प्रशासनिक रजिस्ट्रार, जंगीअड्डामा नीति तथा योजना निर्देशनालय प्रमुख र १६ र ९ नम्बर बाहिनीको कमान्डरका रूपमा काम गरिसकेका छन् ।

उनले चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट इन्टरनेसनल कलज अफ डिफेन्स स्टडिजबाट मिलिट्री साइन्स र स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

कान्तिपुर

Link copied successfully