उद्योगी हुकुमचन्द दुगडको निधन

परिवारजनले उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिएका छन् । दिवंगत दुगडका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Industrialist Hukum Chand Dugad passes away

काठमाडौँ — उद्योगी हुकुमचन्द दुगडको निधन भएको छ । ८५ वर्षीय दुगडको बुधबार काठमाडौंस्थित निवासमा निधन भएको हो । उनी उद्योगी विजय दुगडका पिता हुन् ।

परिवारजनले उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिएका छन् । दिवंगत दुगडका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

सन् १९४० मा विराटनगरको औद्योगिक परिवेशमा जन्मिएका दुगडको सानैदेखि उद्योग र व्यवसायमा लगाव थियो । सुरुवाती दिनदेखि नै मेसिन, निर्माण क्षेत्रमा रुची भएका कारण उनले नवप्रवर्तनको क्षेत्रमा थुप्रै काम गरे । आफ्नो जीवनकालमा उनले विभिन्न उद्योग स्थापना तथा सञ्चालन गरेका छन् । कडा परिश्रममार्फत उद्योग स्थापना गरी उत्पादन र रोजगारी सिर्जनामा उनको भूमिका उल्लेखनीय रह्यो ।

अवसर सिर्जना, अन्य व्यक्तिको सशक्तीकरण र उद्योग तथा नवप्रवर्तनमार्फत अर्थतन्त्रमा योगदान दिने कुरामा दुगडले जीवनभर योगदान गरे । बहुप्रतिभायुक्त उद्यमीका रुपमा परिचित उनी सधैं चर्चाबाट बाहिर बस्न रुचाए अनि उद्योग क्षेत्रमा समर्पित रहे ।

कान्तिपुर

Link copied successfully