डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयलेसमेत मुद्दा नचलाउने निर्णय गरेका थिए ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Show cause order issued on writ petition against decision not to prosecute egg smuggling case

काठमाडौँ — सर्वोच्च अदालतले नाबालिग किशोरीहरुको डिम्ब निकालेर महँगोमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयको बदर माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

अधिवक्ता अंकिता त्रिपाठीद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेशसँगै अग्राधिकार दिँदै लिखित जवाफ माग गरेको छ । 

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयलेसमेत मुद्दा नचलाउने निर्णय गरेका थिए । उक्त निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दर्ता भएको थियो । 

रिटमा जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय पाटन, महान्यायाधिवक्ताको कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई विपक्षी बनाइएको थियो ।

कान्तिपुर

Link copied successfully