जेन-जी आन्दोलनका बेला केन्द्रीय कारागारबाट फरार एकजना पक्राउ

बैंकिङ कसुर मुद्दामा ४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेकी महिला पक्राउ परेकी हुन् ।

मंसिर १५, २०८२

कमल पन्थी

One arrested after escaping from central jail during Gen-G protests

बर्दिया — जेन–जी आन्दोलनका बेला मौका छोपेर केन्द्रीय कारागार, सुन्धारा काठमाडौंबाट फरार बैकिङ कसुर मुद्दाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका–१२ की ४४ वर्षीया सीता खत्री पक्राउ परेकी हुन् ।

बैंकिङ कसुर मुद्दामा ४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेकी खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार सुरक्षा गार्डमा राखिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

यसैगरी जिल्ला अदालत, बर्दियाको फैसला आदेशले ०८१ माघ २७ गते लागुऔषध मुद्दामा १३ दिन कैद सजाय पाएका प्रतिवादी पक्राउ परेका छन् । सोही ठाउँका २८ वर्षीय घनश्याम खत्री पक्राउ परेका हुन् । त्यसैगरी सोही ठाउँका ३२ वर्षीय बान्सा भन्ने अंकित चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत, बर्दियाको ०८१ मंसिर १२ को फैसला आदेशले ६ महिना कैद तोकेको थियो । खत्री र चौधरीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बुझाएको कार्कीले जनाए ।   

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully