गुप्तचर पूर्वप्रमुख थापालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय फिर्ता

१५ मंसिरमा उनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Decision to ban former intelligence chief Thapa from traveling abroad reversed

काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई उपत्यका छाड्न नदिने गरी जाँचबुझ आयोगले गरेको निर्णय फिर्ता भएको छ । 

जेन-जी आन्दोलनमा राज्यपक्षले गरेको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले १२ असोजमा उनलाई उपत्यका छाड्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । विदेश भ्रमणमा समेत रोक लगाइएको थियो । 

तर, १५ मंसिरमा उनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । आयोगले उनको बयान लिइसकेकाले प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई भने अझै प्रतिबन्ध कायमै छ ।

कान्तिपुर

Link copied successfully