प्रभु बैंकका सीईओसहित दुई जना पनि पक्राउ

पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलाइसकेको छैन ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Two people, including the CEO of Prabhu Bank, were also arrested

काठमाडौँ — प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित अन्य दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलाइसकेको छैन ।

सीआईबी टोलीले शेरचनसहित उनीहरुलाई बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको हो । राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully