मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण

काममा लापर्बाही गरे कारबाही गर्ने चेतावनी

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Minister Kulman Ghising inspected the under-construction Koshi Hospital building

What you should know

विराटनगर — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।

सहरी विकास मन्त्रालय मातहतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ श्ययाको दुईवटा भवन निर्माणाधीन छन् ।

मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालको भौतिक संरचना निर्माण प्रगति अपेक्षाकृत हुन नसकेकाले जनशक्ति थप गरी तीन सिफ्टमा काम गर्न र गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई घिसिङले निर्देशन दिए ।

Minister Kulman Ghising inspected the under-construction Koshi Hospital buildingनिर्माण कार्यको नियमित अनुगमन गर्ने र काममा लापर्बाही गरेको फेला परेमा जिम्मेवार सबैलाई कारबाही गर्नेसमेत उनले चेतावनी दिए । 

कोशी अस्पतालको ५०० श्ययाको मेडिकल भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । उक्त भवन निर्माणका लागि पुस २०७९मा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको म्याद आगामी १२ पुसमा सकिंदैछ । निर्माण व्यवसायीलाई ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, आईसीयू, सर्जिकल, न्युरो सेवा उपलब्ध गराउन २५९ श्ययाको भवन निर्माणका लागि असार २०७८मा रमण-भूमि-बीआईपीएल जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । म्याद थपसहित सम्झौताको म्याद गत कात्तिकमै सकिएको छ । निर्माण व्यवसायीले ठेक्का समझौताको म्याद थप गर्न निवेदन पेश गरेको छ । ठेक्का सम्झौता रकम ३८ करोड ८७ लाख रुपैयाँ रहेको छ । निर्माण व्यवसायीलाई १६ करोड ३१ लाख भुक्तानी भएको छ । 

कान्तिपुर

Link copied successfully