पहिचान पुरस्कार कोषले काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र राईलाई ५० हजार २ सय २ रुपैयाँ प्रदान गर्नेछ ।
काठमाडौँ — पहिचान पुरस्कार कोषले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई ५ लाख राशीको 'पहिचान सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, 'पहिचान युवा सम्मान' भने कवि गणेशकुमार राई (गीलु रातोस) लाई दिइने भएको छ । कोषका संस्थापक नरेश काङमाङ राईद्वारा आज जारी विज्ञप्तिमा २०८१/८२ का लागि पुरस्कार घोषणा गरिएको उल्लेख छ । काइँला मुन्धुमविद् पनि हुन् भने राई कविता लेखनमा सक्रिय छन् ।
काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र तथा राईलाई ५० हजार २ सय २ सहित ताम्रपत्र प्रदान गरिनेछ ।
