नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बस्ने भनिएको बैठक सोमबारका लागि सारिएको हो ।
काठमाडौँ — महाधिवेशेन विवादमा सहमति नभएपछि आइतबार बोलाइएको नेपाली कांग्रेसको कार्यसमितिको बैठक सोमबारका लागि सारिएको छ ।
सभापति शेरबहादुर देउवाले निर्वाचन अगाडि १५ औं महाधिवेशन गर्न लचक हुँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कार्यतालिका ल्याउन निर्देशन दिएका थिए ।
तर, संस्थापन पक्षकै नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले निर्वाचन अगाडि महाधिवेशन गर्ने सभापतिको प्रस्तावसमेत नमान्ने भन्दै चुनौती दिएपछि खड्काले थप एकदिन सहमतिको प्रयासका लागि बैठक सारेको एक केन्द्रीय सदस्यले बताए । खड्काले यसअघि सामाजिक सञ्जालमा सहमति नभएसम्म बैठक सारिरहने प्रतिक्रिया दिएका थिए ।
