उडानमा फोटोग्राफी गरेको अभियोगमा निगमका दुई पाइलट ग्राउन्डेड 

उडानमा रहेको जहाजमा फोटो/भिडियोग्राफी गरेर उडान सुरक्षा सञ्चालन नियम उल्लंघन गरेको आरोपमा क्याप्टेन विजय लामा र सोनी राणालाई ग्राउन्डेड गरिएको हो

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Two pilots of the corporation are grounded for taking photographs in flight.

काठमाडौँ — उडान सञ्चालन नियम उल्लंघन गरेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगगका दुई पाइटललाई ग्राउन्डेड (कारबाही) गरिएको छ । 

प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनद्वारा शुक्रबार निगमलाई पत्राचार गर्दै निगमको वाइडबडीका क्याप्टेन विजय लामा र सोनी राणालाई उडानमा रहेको जहाजमा फोटो/भिडियोग्राफी गरेर उडान सुरक्षा सञ्चालन नियम उल्लंघन गरेको आरोपमा दुवै पाइलटलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि रोस्टर–अफ गरिएको छ । 

Two pilots of the corporation are grounded for taking photographs in flight.निगमको फ्लाइट अपरेसन डिभिजन प्रमुख पाइलट संगम कार्कीले हस्ताक्षर गरेको निर्देशनमा दुवै पाइलटलाई अर्को सूचना जारी नभएसम्मका लागि सक्रिय उडान ड्युटीमा सहभागी नगराउन उल्लेख गरिएको छ । नेपालको उड्डयन नियमले दुवै पाइलटहरुका गतिविधिलाई प्रचलित सुरक्षा नियमविरुद्ध मानिन्छ । हाल निगममा करारमा कार्यरत युट्युबरसमेत रहेका क्याप्टेन लामालाई यही अभियोगमा प्राधिकरणले चौथो पटक कारबाही गरेको हो ।

१८ महिनाअघि यस्तै अभियोगमा ग्राउन्डेड गरिएका क्याप्टेन लामाले माफी मागेपछि कारबाही फुकुवा गरिएको थियो । प्राधिकरणले क्याप्टेन लामाले जहाज टेकअफ/ल्यान्डिङमा पनि भिडियोग्राफी गरेको उजुरी परेकाले त्यसमा पनि छानबिन हुने जनाएको छ । 

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully