पूर्वएआईजी पोखरेललाई रास्वपाले बनायो केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार

रास्वपाले कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा 'उम्मेदवार छनोट अडिट समिति' गठन गरेको छ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Former AIG Pokharel appointed senior advisor to Central Disciplinary Commission by Rashtriya Swayamsevak Sangh (RSS)

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार बनाएको छ ।

शुक्रबार नै पार्टी प्रवेश गरेका पोखरेललाई रास्वपा सचिवालय बैठकले अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो । 

रास्वपा सचिवालयको शुक्रबारको बैठकले पोखरेललाई अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो । 'पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई मनोनयन गर्ने र आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय गरियो,' रास्वपा सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, रास्वपा सचिवालय बैठकले पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा सदस्यहरू प्रशान्त प्रधान, अनिल अधिकारी र कुमारआनन्द मिश्र सम्मिलित 'उम्मेदवार छनोट अडिट समिति' गठन गरेको छ ।

रास्वपा सचिवालयले प्रदीप तिमल्सेना (साजन) र मिन्तिरा लामालाई केन्द्रीय संगठन विभागको सदस्यमा नियुक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully