प्रधानमन्त्री र एमाले महासचिवसहित बालुवाटारमा वार्ता जारी

प्रधानमन्त्री कार्कीले दलहरुतर्फ पहिलोपटक एमालेसँग वार्ता सुरु गरेकी छन् ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Talks continue in Baluwatar with Prime Minister and UML General Secretary

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र एमाले महासचिव शंकर पोखरेलसहितका नेताबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो ।

छलफलमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, र विघटित प्रतिनिधिसभाका एमाले संसदीय दलका पूर्व मुख्य सचेतक महेश बर्तौला सहभागी छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि छन् ।

प्रधानमन्त्री कार्कीले दलहरुसँग पहिलोपटक एमालेसँग वार्ता सुरु गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलले सरकारले आफ्नो पार्टीसँग वार्ता नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully