हङकङको आगजनीमा नेपाली परेको खबर छैन :  नेपाली महावाणिज्य दूतावास 

आगजनीमा परेर अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको छ

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

No Nepalis reported to have been involved in Hong Kong arson: Nepali Consulate General

एजेन्सी — हङकङस्थित नेपाली नेपाली महावाणिज्य दूतावासले आगजनीको घटनामा कोही पनि नेपाली परेको खबर प्राप्त नभएको जनाएको छ ।

‘महावाणिज्य दूतावास निरन्तर रुपमा हङकङ प्रहरी र सरकारी अधिकारीहरुसँगको सम्पर्कमा रही घटनाको आवश्यक जानकारी लिइरहेको छ । उक्त घटनाबाट हालसम्म कुनै पनि नेपाली नागरिक हताहत नभएको जानकारी प्राप्त भएको छ, ’ नेपाली महावाणिज्य दूतावास, हङकङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

महावाणिज्य दूतावासले घटनामा भएको गहिरो जनधनप्रति क्षति व्यक्त गरेको छ । त्यस्तै घाइतेको शिघ्र स्वास्थय लाभ तथा मृतकको आत्मको चिर शान्तिको कामना गरेको छ । 

हङकङको ताई पे जिल्लास्थित वाङ फुड कोर्टअन्तर्गतका सातवटा आवास भवनहरुमा हिजोदेखि भएको आगजनीमा परेर अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको छ । 

अग्नि नियन्त्रकहरुले ६ वटा अपार्टमेन्टमा आगो निभाइसकेका छन् । एउटा घरमा आगो अझै निभिसकेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully