कागजात नभएपछि भदौ २४ मा भागेका १५ अभियुक्तलाई प्रहरीले हिरासतमा लिन सकेन

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी काजीकुमार आचार्यका अनुसार आन्दोलनका बेला मिसिल जलेका कारण उनीहरुलाई सम्पर्कमा मात्र राखिएको छ ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Police were unable to detain 15 suspects who fled on Bhadra 24 due to lack of documents.

काठमाडौँ — गत भदौ २४ गतेको प्रदर्शनका बेला हिरासतबाट भागेका १५ जनालाई ‘लोकेट’ गरेर पनि प्रहरीले फिर्ता ल्याउन सकेको छैन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी काजीकुमार आचार्यका अनुसार, आन्दोलनका बेला मिसिल जलेका कारण उनीहरुलाई सम्पर्कमा मात्र राखिएको छ । ‘कतिपय फाइलहरु जलेका कारण उहाँहरुलाई सम्पर्कमा मात्र राखिएको हो, त्यबसेला फरार थुनुवामध्ये ५३ पुरुष र ६ महिला गरी ५९ जनालाई नियन्त्रणमा लिइसकिएको छ,’ उनले भने ।

प्रहरीले अरु विभिन्न मुद्दाका १०२ कैदीबन्दीलाईसमेत पक्राउ गरेको छ । २३ र २४ भदौमा उपद्रो मच्चाएको आरोपमा प्रहरीले २६२ जना पुरुष र ५ जना महिला गरी २६७ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये ८७ जनालाई हाजिर जमानत र ३३ जनालाई धरौटीमा छुटेका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा छन् । ११३ जनामाथि अनुसन्धान भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully