सोमबार बिहान ८:४० बजेदेखि दाउन्ने खण्डमा जाम हुँदा गाडीको लस्कर ४ किलोमिटरपूर्व दुम्कीवासको विनयी पुलसम्म पुगेको थियो ।
नवलपरासी — दाउन्ने सडक खण्डको ध्यूँखोला नजिक फसेको मालवाहक गाडी हटाएपछि त्यहाँ दोहोरो यातायात सञ्चालन भएको छ । वीरगन्जबाट भैरहवातर्फ रासायनिक मल बोकेर जाँदै गरेको लामो गाडी ध्यूँखोलानजिक बिग्रिएका कारण बिहान ८:४० बजेदेखि राजमार्गमा अवरोध भएको थियो ।
फिल्डमा खटिएका इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाका अनुसार राजमार्गमा बिग्रिएको मालवाहक गाडी हटाएपछि केहीबेर अघिदेखि दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ८:४० बजेदेखि दाउन्ने खण्डमा जाम हुँदा गाडीको लस्कर ४ किलोमिटरपूर्व दुम्कीवासको विनयी पुलसम्म पुगेको थियो । सोमबार बिहान १२ बजेपछि त्यहाँका गाडी गन्तव्यतर्फ गइसकेका छन् ।
पूर्व-पश्चिम राजमार्ग फराकिलो पार्ने जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्ने सडक खण्डमा तीव्र रूपमा काम नगर्दा दिनहुँ घण्टौँ जाम हुने गरेको छ ।
