सो प्रदर्शनका क्रममा लुटिएका ८३ नाल हतियार पछि प्रहरीले बरामद गरेको थियो ।
काठमाडौँ — २४ भदौको प्रदर्शनका क्रममा काठमाडौंबाट मात्र २ सय ६७ जना पक्राउ परेको काठमाडौं जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पक्राउ परेकामध्ये ८७ जनालाई हाजिरी जमानीमा छाडिएको परिसरका एसपी पवन भट्टराईले बताए । उनका अनुसार ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
सो प्रदर्शनका क्रममा लुटिएका ८३ नाल हतियार पछि प्रहरीले बरामद गरेको थियो ।
प्रदर्शनका क्रममा विवादमा आएको टीओबी बाइकर्स समूहका तेन्जिन दावा लामाबाहेक अरू तिब्बती मूलका नभएको प्रहरीले जनाएको छ ।
