काठमाडौंको बसपार्कमा महिलाको शव, एक जना नियन्त्रणमा

शनिबार मुख्य सडकछेउ पोको पारेर राखिएको अवस्थामा महिलाको शव भेटिएको थियो ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Woman's body found at Kathmandu bus park, one person in custody

काठमाडौँ — काठमाडौंको नयाँ बसपार्कमा प्लास्टिक र तन्नाले बेरेको अवस्थामा बेवारिस शव फेला परेको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले थप सोधपुछ भइरहेको भन्दै विस्तृत खुलाएको छैन । शनिबार मुख्य सडकछेउ पोको पारेर राखिएको अवस्थामा महिलाको शव भेटिएको थियो ।

ती महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully