जिल्ला अदालत काठमाडौंले सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जनलाई थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।
काठमाडौँ — कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले कान्तिपुरलाई बताए ।
सहकारी ठगीका मुख्य आरोपित जिबी राईका नातेदार(जेठान) उनी जेन–जी आन्दोलनका बेला प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए । फेरि पक्राउ गरेर प्रहरीले अदालत पेश गरेको थियो । त्यसक्रममा थुनामा पठाउने आदेश भएको हो ।
यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमासमेत मुछिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
