जनसभामा सहभागी हुन र्यालीसहित नेताकार्यकर्ता भृकुटीमण्डतिर लागिरहेका छन् ।
काठमाडौँ — आज काठमाडौंमा हुन लागेको एमालेको जनसभाका लागि झन्डै १५ सय सुरक्षाकर्मी खटाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरीकै डेढ सय प्रहरी खटिएका छन् भने त्यसबाहेक काठमाडौँका भिभिन्न ठाउँमा १३ सय बढी प्रहरी खटिएका छन्।
भृकुटीमण्डपमा एमालेको जनसभा हुँदै छ । जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।जनसभामा सहभागी हुन र्यालीसहित नेताकार्यकर्ता भृकुटीमण्डतिर लागिरहेका छन् ।
एमालेले शुक्रबार मात्रै 'नेसनल भोलेन्टियर फोर्स' घोषणा गरेको थियो ।
