यादवले तोडे १० दिनपछि अनशन  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै उनी अनशनमा बसेका थिए ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Yadav breaks hunger strike after 10 days

काठमाडौँ — माइतीघर मण्डलामा आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन १० दिनपछि तोडेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै उनी अनशनमा बसेका थिए ।

सिंहको नाममा गृह मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले लेखेको पत्र लगेर अनशन तोडाउन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी माइतीघर पुगेका थिए । 

पत्रमा सिंहका माग सम्बन्धित निकायहरूले पूरा गर्ने प्रक्रिया अघि बढिसकेको र पूर्णता दिने अन्तिम चरणमा पुगेको उल्लेख छ । 

सिंहले घाइते जेन–जी कार्यकर्ता मदन कार्की र विजेश तामाङको हातबाट जुस पिएर भन्ने पत्र बुज्दै उनले बिहीबार साँझ अनशन तोडेका थिए ।   सिंहका अनुसार प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयको अनुरोध र घाइते साथीहरूको सहमतिमा अनशन तोडिएको हो ।

कान्तिपुर

Link copied successfully