दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश 

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Supreme Court orders Durga Prasai to be produced before it

काठमाडौँ — सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश गरेको हो । 

प्रसाईंको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा  छोरा निराजन प्रसाईले मंसिर ३ गते बन्दीप्रत्यक्षीकरणको दर्ता गरेका थिए । 

प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो । 

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।  उनले  एनपीएल समेत रोक्न आग्रह गरेका थिए ।

कान्तिपुर

Link copied successfully