प्रतिनिधिसभा निर्वाचन सुरक्षालगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अध्यक्षतामा बिहीबार ३ बजेपछि सुरक्षा परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका सदस्यहरूको उपस्थिति रहेको छ ।
प्रतिनिधिसभाको आगामी निर्वाचनलगायतका सुरक्षाका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
