राष्ट्रिय सुरक्षा परिषद् बैठक : प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

परिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

National Security Council meeting: Recommendation to mobilize army for House of Representatives elections

काठमाडौँ — राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस गरेको छ ।

परिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । 

'२०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने समेत निर्णय भयो,' परिषद्का सदस्यसचिव सुमनराज अर्यालले भने । 

National Security Council meeting: Recommendation to mobilize army for House of Representatives elections

कान्तिपुर संवाददाता

Link copied successfully