अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, चाटर्ड विमानमा काठमाडौं आइपुगे 

ब्यूरोका एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘उहाँहरुको केही विवरण राखेर पठाएका छौं, अहिलेसम्म कसैले उजुरी दिनु भएको छैन ।’

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

35 more Nepalis deported from US, arrive in Kathmandu on chartered flight

काठमाडौँ — अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट हुने अधिकांश अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्नेबेला पक्राउ परेकाहरु छन् ।

चार्टर्ड विमानमार्फत बुधबार साँझ काठमाडौं आइपुगेका उनीहरुसँग प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले समेत प्रारम्भिक सोधपुछ गरेको छ । 

ब्यूरोका एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘उहाँहरुको केही विवरण राखेर पठाएका छौं, अहिलेसम्म कसैले उजुरी दिनु भएको छैन ।’ डिपोर्ट हुनेहरु दाङ, रुकुम लगायतका जिल्लाका छन् । 

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्र ३१० जना नेपाली नागरिक डिपोर्टमा परेका छन् ।

कान्तिपुर

Link copied successfully