सीमरा घटनापछि गृहले भन्यो : शान्तिपूर्ण रुपमा कार्यक्रम गरौं

गृहले सबै पक्षलाई आ–आफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयन गर्न अनुरोध गरेको छ ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

After the Seemara incident, the Home Ministry said: Let's organize the event peacefully.

काठमाडौँ — गृह मन्त्रालयले बारा जिल्लाको सिमरा घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कार्यक्रमहरु गर्दा शान्तिपूर्ण रुपमा गर्न आग्रह गरेको छ ।

गृहले सबै पक्षलाई आ–आफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयन गर्न अनुरोध गरेको हो । 'कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र अभिव्यक्ति राख्दा गम्भीर हुन अनुरोध गरेको छ।' गृहको विज्ञप्तिमा भनिएको छ ।

सिमरामा आज एमाले कार्यकर्ता र जेन–जी बीचमा भडप भएको थियो।सिमरामा एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडपको स्थिति मात्रै सिर्जना भएन विमानस्थल नै बन्द गर्नुपर्‍यो । त्यति मात्र नभइ दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी भयो ।

कान्तिपुर संवाददाता

Link copied successfully