२३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

१९८० पत्तामा १९ हजार ८ सय क्याप्सुल र ४ सय पत्तामा ४ हजार ट्याब्लेट ट्रामाडोल बरामद

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Pharmacy owner couple arrested with 23,800 units of banned drugs

काठमाडौँ — प्रहरीले २३ हजार ८ सय थान प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१२ स्थित नसिब फार्मेसीका सञ्चालक नसिबनारायण चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार र जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले उनीहरूलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूको साथबाट १९८० पत्तामा १९ हजार ८ सय क्याप्सुल र ४ सय पत्तामा ४ हजार ट्याब्लेट ट्रामाडोल बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully