विशेष सेवा ऐन संशोधन अध्यादेश जारी गर्न सरकारको सिफारिस

प्रधानमन्त्री कार्यालय मातहत रहेको अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनका लागि ऐन संशोधन गर्न लागिएको हो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Government recommends issuing ordinance to amend Special Services Act

काठमाडौँ — सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले अनुसन्धान विभागसँग सम्बन्धित विशेष सेवा ऐनलाई संशोधन गर्नका लागि अध्यादेश सिफारिस गरेको हो । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले भने, 'नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।'

अनुसन्धान विभागलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गृह मन्त्रालयबाट प्रधानमन्त्री मातहत लगेको थियो । उक्त विभागलाई अहिले गृह मन्त्रालय मातहत ल्याउनका लागि ऐन संशोधन गर्न लागिएको हो । 

कान्तिपुर

Link copied successfully