जेन-जी आन्दोलनपछि बढुवामा छुटेका अधिकारी डीआईजीमा सिफारिस

जेन-जी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका अधिकारी यसअघिको बढुवामा छुटेका थिए ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Officers who missed out on promotion after Gen-G movement recommended for DIG

काठमाडौँ — नेपाल प्रहरीका एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले अधिकारीलाई डीआईजीमा सिफारिस गरेको हो । 

पछिल्लो पटक कोशी प्रदेश प्रमुख डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा भएपछि रिक्त रहेको स्थानमा अधिकारीलाई सिफारिस गरिएको हो । 

जेन-जी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका अधिकारी यसअघिको बढुवामा छुटेका थिए । जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा उनी काठमाडौं प्रहरी प्रमुखबाट हटाइएका थिए । त्यसपछि जेन-जी आन्दोलन जाँचबुझसम्बन्धी आयोगले समेत अनुसन्धान गरिरहेको थियो ।

त्यसपछि भने सरकारले डीआईजी बढुवामा अधिकारीलाई छुटाएको थियो । उनी वरट्यठतामा पहिलो नम्बरमा भएपनि जेन-जी आन्दोलन पछिको परिस्थितिमा बढुवाबाट छुटेका थिए । 

कान्तिपुर

Link copied successfully