एनपीएल क्रिकेटको सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Home Minister directs to maintain tight security arrangements for NPL cricket

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।

गृहमन्त्री अर्यालले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्।  

गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । 'पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकोले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु',  मन्त्री अर्यालले बैठकमा भने। 

यसअघि पनि, एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ।

क्यानका सचिव पारस खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए । खड्काले भनेका थिए, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।’

कान्तिपुर संवाददाता

Link copied successfully