निर्वाचन केन्द्रित सुरक्षाका लागि सेना परिचालन गर्न रक्षा मन्त्रालयमा पत्राचार गर्दै केन्द्रीय सुरक्षा समिति

हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाईका साथ कानुनी कारबाही अघि बढाउने सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Central Security Committee writes to Ministry of Defense to mobilize army for election-focused security

काठमाडौँ — केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन केन्द्रित सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गर्दै सेना परिचालनका लागि पनि निर्णय भएको गृहका प्रवक्ता आनन्द काफ्लेले बताए । मंसिर ९ बाट निर्वाचन सुरक्षालक्षित प्रदेशस्तरीय गोष्ठी समेत गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले बताए ।

हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाईका साथ कानुनी कारबाही अघि बढाउने सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।  

सुरक्षा समितिको आजको बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी थिए।

कान्तिपुर

Link copied successfully