युवा परिषद्‍ले बुझायो प्रधानमन्त्री कार्कीलाई वार्षिक प्रतिवेदन

आफ्नो वार्षिक क्रियाकलाप तथा गतिविधिसहित परिषद्‍ले तयार गरेको १५४ पृष्ठको प्रतिवेदन परिषद्‍का पदेन अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री कार्कीलाई बुझाएका हुन् ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Youth Council submits annual report to Prime Minister Karki

What you should know

काठमाडौँ — राष्ट्रिय युवा परिषद्‍ले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रतिवेदन बुझाइएको हो ।

आफ्नो वार्षिक क्रियाकलाप तथा गतिविधिसहित परिषद्‍ले तयार गरेको १५४ पृष्ठको प्रतिवेदन परिषद्‍का पदेन अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री कार्कीलाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले विचलनमा गएका युवालाई सही मार्गदर्शन गर्नुपर्ने बताइन् । उनले युवा मन्त्रालय, युवा परिषद् र अन्य सम्बद्ध निकय मिलेर युवाको पक्षमा नतिजामुखी काम गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिवेदनवारे प्रकाश पार्दै कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्‍ले युवा नेतृत्व विकास, क्षमता विकास, सिप विकास र उद्यमशीलताको विकासममा महत्वपूर्ण काम गर्दै आएको बताए । उनले सीमित स्रोत र साधनका बाबजुद युवा सशक्तिकरणमा परिषद्‍ले निरन्तर जोड गर्दै आएको बताए ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, परिषद्‍का प्रशासकीय प्रमुख गेहनाथ गौतमलगायतको उपस्थिति थियो ।

Youth Council submits annual report to Prime Minister Karki

कान्तिपुर

Link copied successfully