शुक्रबार बढुवा समितिको बैठकले डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — नेपाल प्रहरीका नायब महानिरीक्षक(डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
शुक्रबार बढुवा समितिको बैठकले कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
डीआईजी कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।
यसअघिका एआईजी दानबहादुर कार्की प्रहरी महानिरीक्षक(आईजीपी)मा नियुक्त भएपछि उक्त पद खाली भएको थियो ।
डीआईजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं आईजीपी दानबहादुर कार्कीले जानकारी दिए ।
