बिहार चुनाव : हत्या अभियोगमा जेलमा रहेका अनन्त सिंह मोकामाबाट विजयी 

सिंहविरुद्ध २८ वटा अपराधिक मुद्दा दर्ता छन् । गत २ नोभेम्बरमा दुलारी सिंह यादवको हत्यामा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Bihar elections: Anant Singh, who is in jail for murder, wins from Mokama

एजेन्सी — हत्या अभियोगमा जेलमा रहेका जनता दल युनाइटेड (जदयू) का बाहुबली नेता अनन्त सिंह २८ हजारभन्दा धेरै मतान्तरले मोकामाबाट भारतको बिहार राज्यको विधानसभा सदस्य चुनिएका छन् ।

सिंहले ९१ हजार ४ सय १६ मत ल्याउँदा विपक्षी राष्ट्रिय जनता दल (राजद) की उम्मेदवार विना देवीले ६३ हजार २ सय १० मत ल्याइन् । 

अनन्त सिंहले ५ पटक यस क्षेत्रबाट विधानसभा चुनाव जितिसकेका छन् । उनले सन् २००५ मा पहिलोपटक यस क्षेत्रबाट निर्वाचन जितेका थिए । 

सिंहविरुद्ध २८ वटा अपराधिक मुद्दा दर्ता छन् । पछिल्लोपटक गत २ नोभेम्बरमा दुलारी सिंह यादवको हत्यामा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो । प्रशान्त किशोरको जनसुराज पार्टीका उम्मेदवार प्रियादर्शन पियुषको प्रचार गर्न पुगेका यादवमाथि गोली प्रहार भएको थियो । 

कान्तिपुर

Link copied successfully