पोर्चुगलद्वारा कामदार भिसा जारी गर्न रोक

लिस्बनस्थित नेपाली दूतावासका अनुसार अक्टोबर २३ देखि कामदार भिसा रोकिएपछि ठगी गर्ने गिरोह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Portugal suspends issuance of worker visas

काठमाडौँ — पोर्चुगल सरकारले उच्च दक्षबाहेकका सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय गरेको छ।

लिस्बनस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्ति नुसार अक्टोबर २३ तारिखदेखि लागू हुने गरी कामदार भिसा (वर्क भिसा) जारी गर्न बन्द गरिएको हो।

नेपाल र मध्यपूर्वका मुलुकबाट पोर्चुगलमा रोजगारीका अवसर देखाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ।

दूतावासले भनेको छ, ‘कामदार भिसा नदिने निर्णयपछि पनि नेपालीहरूलाई पोर्चुगलमा रोजगार दिलाइदिने प्रलोभनमा पार्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ।’

दूतावासले कसैको बहकाउमा नपरी, यस्ता अवैध गतिविधिबाट टाढा रहन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully