नेपाल एयरलाइन्सको ग्राउन्डेड ट्विनअटरको मर्मत सम्पन्न, आन्तरिक उडान पुनः सुरु

बिग्रेको जहाजको सफल परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्विनअटर जहाजमार्फत मंगलबारदेखि आन्तरिक व्यावसायिक उडान पुनः सुरू भएको जनाएको छ ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Nepal Airlines' grounded Twin Otter repaired, domestic flights resume

काठमाडौँ — नेपाल एयरलाइन्स कर्पोरेसनले देशका दुर्गम क्षेत्रहरूमा सेवा दिँदै आएको ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।

यो जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत र वार्षिक जाँचका लागि तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले ग्राउन्डेड गरेर राखेका थिए । 

निमित्त महाप्रबन्धक जनकराज कालाखेतीको निर्देशनपछि आवश्यक मर्मत सोमबार पूरा गरेर  बुधबार  परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको निगमका एक निर्देशकले बताए । 

बिग्रेको जहाजको सफल परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्विनअटर जहाजमार्फत मंगलबारदेखि आन्तरिक व्यावसायिक उडान पुनः सुरू भएको जनाएको छ।

दुवै जहाज सञ्चालनमा आएसँगै पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुहरूलाई सेवा सुविधा थप सहज हुने विश्वास नेपाल एयरलाइन्सले व्यक्त गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully