गृह मन्त्रीको सचिवालयका अनुसार वार्ताका लागि साढे १० बजे आउने कुरा भएपनि प्रसाईं र उनका प्रतिनिधिहरु आइसकेका छैनन् ।
काठमाडौँ — हिन्दुराष्ट्र र राजसंस्था फर्काउने भन्दै सडकमा आन्दोलन चर्काउने घोषणा गरेका दुर्गा प्रसाईंसँग वार्ताका लागि गृह मन्त्रालयका कर्मचारीले तयारी सकेका छन् ।
गृह मन्त्रीको सचिवालयका अनुसार वार्ताका लागि साढे १० बजे आउने कुरा भएपनि प्रसाईं र उनका प्रतिनिधिहरु आइसकेका छैनन् ।
संवादका लागि आह्वान गर्दै प्रशासनले विज्ञप्ति जारी गरेपछि प्रसाईंले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत गृहमन्त्री अर्याललाई आफ्नो मागबारे पत्राचार गरेका थिए । त्यसपछि गृह मन्त्रालयले उनीसँग वार्ता गर्ने तयारी थालेको थियो ।
सम्बन्धित समाचार
माओवादी-एमाले-पूर्वराजा र भारत क्रमशः टाढिए, अब प्रसाईंलाई छहारी कसको ?