गृह मन्त्रालय उच्च स्रोतका अनुसार प्रसाईंसँग २६ कात्तिकमा कुराकानी गर्ने तयारी गरिएको छ ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएका छन् ।
संवादका लागि आह्वान गर्दै प्रशासनले विज्ञप्ति जारी गरेपछि प्रसाईंले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत गृहमन्त्री अर्याललाई आफ्नो मागबारे पत्राचार गरेका थिए । त्यसपछि गृह मन्त्रालयले उनीसँग वार्ता गर्ने तयारी थालेको हो ।
मन्त्रालय उच्च स्रोतका अनुसार, प्रसाईंसँग २६ कात्तिकमा कुराकानी गर्ने तयारी गरिएको छ । त्यसक्रममा गृहमन्त्री अर्याल स्वयंले उनका मागहरुबारे सुन्नेछन् । प्रसाईंले हिन्दुराष्ट्र र राजसंस्था फर्काउने भन्दै सडकमा आन्दोलन चर्काउने घोषणा गरेपछि केही समयअघि सुरक्षा प्रमुखहरुले उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारेसमेत छलफल गरेका थिए । त्यसबेला आन्दोलनमा घुसपैठ हुन सक्ने र थप अराजकता निम्तिन सक्नेसमेत विश्लेषण गरिएको थियो ।
