प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । उनले लामो समय जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस(राराव) मा पनि लामो समय प्राध्यापन गरे ।
