मन्त्रिपरिषद्का निर्णय : आईजीपी नियुक्तिदेखि प्रदेश प्रमुख हटाउनेसम्म 

होटेलमा नयाँ मुख्यमन्त्री नियुक्त गरेसँगै विवादमा मुछिएकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई हटाइयो

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Cabinet decisions: From IGP appointment to removal of provincial chief

What you should know

काठमाडौँ — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकदेखि मधेश प्रदेश प्रदेश प्रमुखलाई पदमुक्त गर्नेसम्मको निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।

हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले अवकाश पाएपछि उनी जिम्मेवारीमा आउने छन् । 

सोमबारकै बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको हो । 

कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् । त्यस्तै होटलमा नयाँ मुख्यमन्त्री नियुक्त गरेसँगै विवादमा मुछिएकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई हटाएर सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । 

यस्ता छन् सरकारका मुख्य  निर्णय :

कान्तिपुर संवाददाता

Link copied successfully