तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी सम्पन्न

नेपालसहित अमेरिका, चीन, बंगलादेश, भुटान, भारत, श्रीलंका, जापान र चीनका विद्वान्, अनुसन्धानकर्ता तथा सञ्चारविज्ञको सहभागिता थियो ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Third Trans-Himalayan Communication and Social Development Seminar concluded

काठमाडौँ — दुईदिने तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठीमा सञ्चार, डिजिटिल शासन, सामाजिक विकास र हिमालय क्षेत्रको आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभाग कीर्तिपुरमा शनिबार सपन्न संगोष्ठीमा नेपालसहित अमेरिका, चीन, बंगलादेश, भुटान, भारत, श्रीलंका, जापान र  चीनका विद्वान्, अनुसन्धानकर्ता तथा सञ्चारविज्ञको सहभागिता थियो । कार्यक्रममा देश तथा विदेशका विभिन्न विश्वविद्यालयका विद्यार्थीको पनि बाक्लो सहभागिता थियो । 

त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्क केसी, उपकुलपति दिपक अर्यालले सम्मेलनको पहिलो दिन सम्बोधन गरेका थिए ।

त्रिवि पत्रकारिता केन्द्रीय विभाग र चीनको युनभिर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीको स्कुल अफ पब्लिक एड्मिनिस्ट्रेटिभको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully