थारू समुदायका दिदी-बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाउँछन् समाचकेवा
काठमाडौँ — काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार थारू महिला समाज उपत्यका समितिले काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका महिला भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।
थारू समुदायका दिदी-बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारू महिला समाज, उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीले बताइन् ।
'हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका छौं,' उनले भनिन्।
