पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल छन् ।
काठमाडौँ — प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
एसएसपी श्रेष्ठका अनुसार, खरेलले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहले असुल गरेको रकम नगद तथा चेकमार्फत जम्मा गर्ने, ओसारपसार गर्नेलगायतका कार्यमा उनी संलग्न थिए ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका बनाउने गिरोहमा संलग्न भएको आरोपमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत समेत पक्राउ परेका थिए ।
