नेपाल बस्न लायक छ भन्ने अवस्था निर्माण गर्न जरुरी : प्रधानमन्त्री कार्की

काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

It is important to create a situation where Nepal is worth living in: Prime Minister Karki

काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् । 

काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको पनि बताइन् । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको उनले बताइन् । 

निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने भन्दै डराउने नभइ आत्मविश्वासका साथ अगाडि बढ्न उनले आह्वान गरिन् । उनले भनिन्, ‘हामी आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेका छौं । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौँ ।’

प्रधानमन्त्री कार्कीले सबैले हातेमालो गरेर देश बनाउन लाग्नुपर्नेमा जोड दिइन् ।

कान्तिपुर

Link copied successfully