अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष थापा निर्वाचित

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Thapa elected as Vice President of International JCs

काठमाडौँ — अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । सामाजिक सेवा, युवा सशक्तिकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी छन् । 

१५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई नेपाल जेसीजका लागि गौरव र उपलब्धिमूलक भएको नेपाल जेसीजले जनाएको छ । नेपाल जेसीजले पछिल्लो पटक सन् २०११ मा अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो ।

विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकहरूको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित जुनियर च्याम्बर इन्टरनेसनल–(जेसीआई) को मूल उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा अभियन्ताहरु तयार गर्नु रहेको छ । सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यो संस्था अहिले विश्वका २०० भन्दा बढी देशमा करिब ५ लाख सदस्यहरूसहित सक्रिय रुपमा रहेका छन् । 

नेपाल जेसीज सन् १९६५ मा स्थापित १८ देखि ४० वर्षसम्मका युवाहरुको संस्थाको हो । जसले देशभरका १७८ भन्दा बढी स्थानीय शाखाहरुमार्फत सदस्यहरूलाई नेतृत्व र अवसर प्रदान गर्दै आएको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully