हितेन्द्रको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम, अन्य मुद्दासँगै सुनुवाइ हुने 

आफूलाई हटाउने निर्णय गैरकानुनी भएको दाबी गरेको शाक्यको रिट निवेदनमा दुई पक्षको बहसपछि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Supreme Court does not grant interim in Hitendra's case, hearing will be held along with other cases

काठमाडौँ — सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आफूलाई हटाउने निर्णय गैरकानुनी भएको दाबी गरेको शाक्यको रिट निवेदनमा दुई पक्षको बहसपछि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले मुद्दालाई प्राथमिकतामा राख्दै ९ मंसिरमा पेसी तोक्न आदेश गरेको छ । यसअघि यस्तै प्रकृतिका निवेदनमा अन्तरिम आदेश नभएको र सर्वोच्चमै विचाराधीन भएको भन्दै मुद्दाको छिटो सुनुवाइ गर्नेगरी आदेश भएको छ । अब यसअघि कुलमान घिसिङले दायर गरेको मुद्दालाई साथै राखेर सर्वोच्च अदालतले सुनुवाइ गर्ने छ । उक्त मुद्दामा पनि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो र अग्राधिकार जारी गरेको थियो । 

तत्कालीन उर्जामन्त्री दिपक खड्काले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी बनाएका थिए । यस पटक घिसिङले मन्त्री भएपछि शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएका थिए ।

Supreme Court does not grant interim in Hitendra's case, hearing will be held along with other cases

Supreme Court does not grant interim in Hitendra's case, hearing will be held along with other cases

कान्तिपुर संवाददाता

Link copied successfully