जेन-जी प्रर्दशनका क्रममा आगजनी भएको नयाँ बसपार्कस्थित प्रहरी भवनको पुनर्निर्माण सम्पन्न

जेन-जी प्रर्दशनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएका थिए । तिमध्ये १ सय ८० भवनको पुनर्निर्माण भइसकेको छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Reconstruction of police building in Naya Bus Park, which was set on fire during Gen-G protest, completed

काठमाडौँ — जेन-जी प्रर्दशनका क्रममा आगजनी भएको नयाँ बसपार्कस्थित प्रहरी भवनको पुनर्निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छ ।  

जेन-जी प्रर्दशनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएका थिए । तिमध्ये १ सय ८० भवनको पुनर्निर्माण भइसकेको छ ।

शुक्रबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जेन-जी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताए । कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको बताउँदै भने, 'गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरू आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो ।'

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदाय स्तरबाट प्रहरी भवन बनेर समाजप्रति प्रहरीको औचित्यलाई पुष्टि गरेको बताए । कार्यक्रममा प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । 

सम्बन्धित अन्य समाचार 

भाडाका कोठादेखि धर्मशालासम्म प्रहरी कार्यालय

कान्तिपुर

Link copied successfully