बालेनविरुद्ध उजुरी लिएर युवा संघ पुग्यो साइबर ब्युरो

युवा संघका नेता-कार्यकर्ता उजुरी लिएर आएको ब्युरो गए पनि उजुरी दर्ताको प्रक्रियामै छ ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Youth Association reaches Cyber ​​Bureau with complaint against Balen

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध उजुरी लिएर एमाले निकट युवा संघ साइबर ब्युरो पुगेको छ ।

युवा संघका नेता-कार्यकर्ताले शाहविरुद्ध उजुरी लिएर आएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नविन्द अर्यालले बताए । यद्यपि उजुरी दर्ताको प्रक्रियामै छ ।

मेयर शाहले गत शनिबार मध्यरात आपत्तिजनक शब्दसहित फेसबुकमा स्टाटस लेखेका थिए । केहीबेरमै उनले उक्त स्टाटस  हटाएका थिए ।

कान्तिपुर

Link copied successfully