जाँचबुझ आयोगमा पुग्यो जेन-जी आन्दाेलनमा खटिएका प्रहरीहरूको सूची

सूचीअनुसार आजैबाट जाँचबुझ आयोगले बयानका लागि बाेलाउने तयारी गरेको छ ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

List of police officers deployed in Gen-G movement reaches Commission of Inquiry

काठमाडौँ — भदौ २३ गतेको जेन-जी आन्दोलन र भोलिपल्ट उत्पन्न परिस्थिति सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ । 

माइतीघरदेखि तीनकुने मात्र नभई दुई दिन काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका सबै प्रहरीको सूची आयोगलाई पठाइएको हो । प्रहरीले पठाएकाे सूची प्राप्त भएको आयोगका एक सदस्यले बताए । अब उनीहरुकाे बयान सुरु गर्ने आयोगकाे तयारी छ । 

'जेन-जी आन्दाेलनका क्रममा खटिएका प्रहरीहरूको सूची प्राप्त भएको छ । आजैबाट बयानका लागि बाेलाउने तयारीमा छाैं,’ ती सदस्यले भने ।

यसअघि प्रहरीले आईजीपीदेखि जवानसम्म सबै फिल्डमा खटिएको जवाफ आयोगलाई दिएको थियो । उक्त जवाफपछि आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई कारबाहीकाे चेतावनी दिँदै विवरण माग गरेकाे थियो । गाैरीबहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगले २३ र २४ गतेकाे घटना अनुसन्धानका लागि विवरण माग गरेकाे थियो ।

कान्तिपुर

Link copied successfully