अन्तत: दाहाल-नेपालकै पछि लागे खनाल

यसअघि ‘माओवादीसँग पार्टी एकता गरी पार्टीलाई विसर्जन गर्न खोजेको’भन्दै उनी एकता प्रक्रियाको विपक्षमा उभिएका थिए ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Khanal finally follows Dahal-Nepal

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्तत:माओवादी-नेकपा एसलगायतका दलहरूसँगको एकता प्रक्रियामा सहभागी भएका छन् । यसअघि उनले अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गरेर माओवादीसँग मिल्न लागेको आरोप लगाएका थिए। 

‘माओवादीसँग पार्टी एकता गरी पार्टीलाई विसर्जन गर्न खोजेको’भन्दै उनी एकता प्रक्रियाको विपक्षमा उभिएका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले पुराना नेताहरू फर्कन सक्ने बताएपछि एमालेमा जाने तयारीमा समेत थिए ।

Khanal finally follows Dahal-Nepalखनालले मंगलबार साँझ ओलीसँग पनि भेटेका थिए । तर बुधबार भृकुटीमण्डमा एकतापछिको नेपाली कम्युनिस्ट पार्टी प्रस्तावित चुनाव चिह्व ताराअंकित 'ब्याज' लगाएर बसेका छन् । 

खनालले माओवादीसँग मात्र भन्दा पनि सम्पूर्ण वामपन्थीहरूकोबीचमा कार्यगत एकता अहिलेको आवश्यकता भन्दै आएका थिए । 

कान्तिपुर

Link copied successfully