बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार पक्राउ गरिएको हो ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

UML leader Pasang Sherpa arrested in polygamy case

काठमाडौँ — एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् । 

बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो । 

आदिवासी जनजाति आन्दोलनमा समेत सक्रिय रहेका शेर्पा मिक्वाखोला-५, ताप्लेजुङका हुन् । 

कान्तिपुर

Link copied successfully